Friday, October 14, 2011

आस् थापुरुषका नाममा

सैले उनीभित्रको सिर्जनशीलता कहिले नाटक, कहिले अभिनय त कहिले गीत, गजल र कविता बनेर फक्रिन्छ, सुवासित हुन्छ । जहाँ जसरी जुन रंगमा फक्रिए पनि उनको यो सिर्जन चेतनाले निश्चित गुण बोकेको छ । ती साझा गुण उनका निजी व्यवहारदेखि अवचेतनको अभिव्यक्ति मानिने यी सिर्जनाहरूमा पनि भेटिन्छन् । पछिल्लोपल्ट उनी नयाँ कवितासंग्रह गालिबको चिहान र अरू कविता लिएर साहित्यको क्षेत्रमा देखापरेका छन् । यस कृतिभित्र पनि उनी नाटक, अभिनय र गीतितत्त्वका साथ उपस् िथत छन् ।

३० वर्षे कवितायात्राको प्रमाणस् वरूप उनले ३० वटा नै कविता र २० वर्षे गीतियात्राको फलस् वरूप २० वटा गीत यसमा संगृहित गरेका छन् । उनका गीत र कविता सुललित छन् । सटीक छन् ।

संरचना, सम्पे्रषण क्षमता, विम्ब प्रयोग र भावात्मक बनोटका दृष्टिले 'गालिबको चिहान' यस संग्रहको सबैभन्दा उत्कृष्ट कविता हो । आफ्ना आस् थापुरुषको पुकारामा लेखेको यस कविताले आजको उपभोक्तावादी, बजारयिा संस् कृति र कला-साहित्यको क्षेत्रका विभूतिको सम्मानका नाममा उनीहरूको मर्ममै हुने प्रहारहरूको सार खिचेका छन् । जसरी भानुभक्त आचार्यको सालिक तोडफोड गरेर राष्ट्रिय एकता र सांस् कृतिक समृद्धिका नारा कुर्लिइन्छन्, त्यस् तै विसंगत परििस् थतिको चित्रण हो गालिबको चिहानमाथि ठडिने भव्य गजलगृह । महान् विभूतिहरूको सम्झनाका नाममा औपचारकि र कर्मकाण्डी पाराले हुने गतिविधिमाथि कसिलो गरी कविले प्रहार गरेका छन् ।

 रामबहादुर रावल

पर्यटकलाई हातेपुस्तक

पर्यटन भ्रमण वर्ष मनाइरहेको नेपालमा पर्यटकीय स् थलहरूका बारेमा विस् तृत जानकारी दिने पुस् तकको अभाव छ । यही खाँचो टार्ने प्रयास गरेका छन्, रवीन्द्र ध्वजुले अंग्रेजी भाषाको दी मिस्टिकल नेपाल नामक पुस् तकबाट ।

वर्षदिनअघि मात्रै नेपाली भाषामा घुमघाम पुस् तक लेखेका ध्वजुले पछिल्लो पुस् तकमा नेपालका पर्यटकीय र साहसिक यात्रा गन्तव्यहरूको विवरण दिने प्रयास गरेका छन् । प्रत्येक गन्तव्य स् थलको सुन्दर तस् िबर समेटिएकाले पुस् तक अझ आकर्षक बनेको छ । ३० जिल्लाका गन्तव्य, विभिन्न सांस् कृतिक पदमार्ग, अन्नपूर्ण बेसक्याम्प र पुनहिल टे्रेकिङ् रुटको जानकारी पनि यसमा समेटिएको छ । गन्तव्यको वर्णन गर्दा जातीय, सांस् कृतिक र ऐतिहासिक पक्षको महत्त्वको पनि वर्णन छ । नेपालका विविध सांस् कृतिक जात्रा र चाडहरूको जानकारीले पर्यटक र मार्गदर्शक दुवैका लागि हातेपुस् तक सावित हुनेछ । तर, यस् तो जानकारी प्रचलित सांस् कृतिक पर्वहरूका बारेमा मात्रै सीमित छ । चर्चामा नआएका तर पर्यटकीय रूपले महत्त्वपूर्ण लाग्ने पूर्वी र पश्चिम पहाडका अनि मधेसका विविध जातिका अनौठा धार्मिक प्रचलनहरू र संस् कृतिका विविध आयामलाई पनि समेट्न सकेको भए पुस् तक अझ वजनदार हुने थियो ।

लेखकले सकेसम्म प्राकृतिक दृश्यावलीहरूको वर्णन गर्दै तिनीहरूको महत्त्वमाथि प्रकाश पार्ने प्रयास गरेका छन् । लेखकले गन्तव्य स् थलका अतिरत्तिm विभिन्न होटल तथा लजहरूको पनि विवरण समेटेका छन् । त्यस् तै, विदेशी पर्यटकलाई सामान्य बोलीचालीको नेपाली भाषा सिकाउने उद्देश्यले त्यसको रोमनमा उल्थासमेत गरििदएका छन् । नेपालीका अंक, बार र पर्यटनसम्बद्ध पदावलीहरूले पुस् तकलाई पर्यटकीय क्षेत्रमा थप उपयोगी बनाउन मद्दत गरेका छन् ।

 जनकराज सापकोटा

चारुमतीबारे नौलो खोज

भारतका मगध सम्राट अशोक आफ्नी छोरी चारुमतीलाई लिएर नेपाल मण्डलको तीर्थयात्रा गर्न निस् िकएको र चारुमतीले देवपाल नामका क्षत्रीयसँग विवाह गरेर यतै बसेको मानिन्छ । पछि उनी बुद्धधर्मबाट प्रभावित भई कहिले देवपत्तनमा बौद्ध महाविहार त कहिले बौद्ध गुम्बामा भिक्षुणी भएर बसेको बताइन्छ । उनले स् थापना गरेकामध्येको चाबहिल अर्थात् चारुमती विहारको विस् तृत खोजमा आधारति कृति हो, चारुमती स् तूप । बाबुराम आचार्य, भुवनलाल प्रधानलगायतले थालेको चारुमती स् तूपको अनुसन्धान प्रक्रियालाई बौद्ध दर्शन र दक्षिण एसियाली कला विषयकी अध्यापक जुनु वासुकला रञ्जितकारले नयाँ मोड दिएकी छन् । उनले २ हजार ३ सय वर्ष पुरानो ऐतिहासिक चारुमती स् तूपको अध्ययन/अनुसन्धान गरी नयाँ रहस् य पनि उद्घाटित गरििदएकी छन् ।

राजधानीको चाबहिलस् िथत चारुमती स् तूपका बारेमा पुरातात्त्विक प्रमाणहरूको अभावमा अहिलेसम्म विभिन्न विद्वान्हरूले वंशावलीलाई आधार मानेर तर्क अघि सार्दै आएका थिए । पाँचौँ शताब्दीका राजा धर्मदेवले नै यो स् तूप निर्माण गर्न लगाएको दाबी उनीहरूको छ । रञ्जितकारको निष्कर्ष अनुसार ईसापूर्व तेस्रो शताब्दीमा भारतवर्षका सम्राट अशोककी छोरी चारुमतीले यो स् तूप निर्माण गर्न लगाएको कुरा अब अनुमानको विषय मात्रै रहेन । चारुमती स् तूप जीर्णोद्धारका क्रममा भेटिएको ब्राम्ही लिपिमा चारुवती थूप र त्यसको माथिपट्ट िधर्मचक्र चिन्ह कुँदिएको इँटा काठमाडौँ उपत्यकामा अहिलेसम्म भेटिएमध्ये सर्वप्राचीन अभिलेख हुन पुगेको छ । त्यसैलाई आधार मान्दै रञ्जितकारले नयाँ रहस् य उद्घाटित गरेकी हुन् । यसअघि सो स् तूपलाई धर्मदेव स् तूप पनि भनियो । त्यसलाई चुनौती दिन वंशावली र मौखिक वर्णनहरू मात्रै पर्याप्त थिएनन् । अभिलेख तथा पुरातात्त्विक वस् तुहरूका आधारमा चारुमती स् तूप नै भएको बलियो दाबी रञ्जितकारले अघि सारेकी छन् । यसमा अन्य विद्वान्हरूको थप शोध र प्रतिक्रिया भने अपेक्षित हुन्छ । तर, धार्मिक, ऐतिहासिक र सांस् कृतिक महत्त्व बोकेका नेपालका प्राचीनतम स् तूपहरूमध्ये यो पनि एक रहेको कुरामा भने अब शंका रहेन ।

लिच्छविकालीन अभिलेखमा परेको 'किन्नरी जातक'का बारेमा उल्लेख भएको कथा किन्नरी जातकको नभई कुणाल जातकको भएको तथ्यलाई स् थापित गर्ने प्रयास पनि रञ्जितकारले गरेकी छन् । पाटन संयुक्त क्याम्पस र काठमाडौँ विश्वविद्यालय अन्तर्गत सेन्टर फर आर्ट एन्ड डिजाइनमा अध्यापनरत रञ्जितकारको खोजमा आधारति यो कृति १२ अध्यायमा विभाजित छ । कृतिमा स् तूपवरपिरकिा ३७ अभिलेखको अभिलेखन गरएि पनि तिनको विश्लेषण भने गरएिको छैन ।

पुरातात्त्विक, ऐतिहासिक र सांस् कृतिक क्षेत्रमा यो एउटा गहकिलो ग्रन्थ हो । यसले धार्मिक तथा ऐतिहासिक अनुसन्धानको कार्यमा सरकि व्यक्तिलाई सहयोग पुर्‍याउनुका साथै थप अनुसन्धान गर्न पनि प्रेरणा दिनेमा दुईमत छैन । बौद्ध दर्शनका अध्येताका लागि यो कृति उत्तिकै उपयोगी हुनेछ । नेपाल-भारतबीचको प्राचीनतम् सांस् कृतिक सम्बन्ध र मित्रताको सम्बन्धलाई पनि यस कृतिले उजागर गरेको छ । साथै, कृतिमा सम्राट अशोक कसरी बुद्ध धर्मावलम्बी भए, चारुमतीको नेपाल प्रवेश, नेपालमै घरजम गरेर बसेको प्रसंग र विहारमै उनले मृत्युवरण गरेको प्रसंग ज्यादै रोचक छन् ।

ईश्वरी ज्ञवाली